३२ असार २०८३ बिहीबार
image/svg+xml
समाज

२४ घण्टामा सवारी दुर्घटनामा ८ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन्। नेपाल प्रहरीको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा  १ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।  

मधेश प्रदेशमा ५ जनाको मृत्यु हुदाँ २८ जना घाइते भएका छन्। त्यसैगरी कोशी प्रदेशमा १ जनाको मृत्यु हुँदा २० जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु र २ जना घाइते भएका छन्।   

काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परी २३ जना घाइते भएका छन्। यस्तै बागमती प्रदेशमा ९ जना, लुम्बिनी प्रदेशमा ६ जना घाइते भएका छन्। गण्डकी प्रदेशमा भने  मानवीय क्षति भएको देखिएको छैन।  देशभरमा पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाएका छन् भने १०५ जना घाइते भएका हुन्।   

प्रकाशित: ९ असार २०८३ ११:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App