१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
स्वास्थ्य

२३ जना स्वास्थ्य सेवाका कर्मचारीसँग स्पष्टीकरण माग

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगरी ६० दिनसम्म लगातार बिदा बसेका कर्मचारीसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै विगत ६० दिनसम्म लगातार कार्यालय नआएका २३ जना स्वास्थ्य सेवाका कर्मचारीसँग स्पष्टीकरण मागेको हो।  

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार लामो समयसम्म अनुमति बिना अनुपस्थित रहेका कर्मचारीलाई विभागीय कारबाही प्रक्रिया अघि बढाइएको जनाएको हो। मन्त्रालयका अनुसार सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र सम्बन्धित कर्मचारीले आफ्नो लिखित स्पष्टीकरण पेस गर्नुपर्नेछ।  

सूचनामा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म कार्यालयमा अनुपस्थित रहेको देखिएकाले दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) अनुसार भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने भन्ने विषयमा स्पष्टीकरण माग गरिएको उल्लेख छ। 

कारबाहीको दायरामा  कान्ति बाल अस्पताल महाराजगञ्ज, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत कर्मचारी रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: ३२ असार २०८३ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App