नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। तर चाँदीको मूल्यमा गिरावट आएको छ।
बुधबार प्रतितोला दुई लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ४०० रुपैयाँले बढेर दुई लाख ८५ हजार २०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्यमा भने गिरावट आएको छ। बुधबार चार हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ९० रुपैयाँले घटेर चार हजार ३२५ रुपैयाँमा झरेको छ।
प्रकाशित: ३२ असार २०८३ १०:५० बिहीबार





