३२ असार २०८३ बिहीबार
image/svg+xml
अर्थ

तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन

बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालयले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ।

यसबाट राज्यकोषमा रु १९ करोड ८२ लाख दाखिला भएको छ। उक्त अवधिमा दुई लाख ३८ हजार लाइसेन्स छापिएकामा ९० हजार सेवाग्राहीलाई प्रदान गरिएको उक्त कार्यालयका प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए।

हाल दैनिक एक हजारदेखि एक हजार ८०० सेवाग्राहीलाई अनुमतिपत्र प्रदान हुँदै आएको छ। रासस

प्रकाशित: ३२ असार २०८३ ११:५१ बिहीबार