१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

मन्त्री चढेको गाडी दुर्घटना

कर्णाली प्रदेश सरकारका मन्त्री चढेको गाडी दुर्घटना भएको छ। सुर्खेत–दैलेख खडक खण्ड अन्तर्गत वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा उद्योग, वन, पर्यटन, तथा वातावरण मन्त्री छिरिङ डम्ड्डल लामा चढेको गाडी दुर्घटना भएको हो।

विपरित दिशाबाट आएको भे१च २४७४ नम्वरको बोलेरो जीपले मन्त्री सवार कर्णाली प्रदेश ००१ झ ००७६ नम्वरको जीपलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा गाडीमा सामान्य क्षति भएपनि मानवीय क्षति नभएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र आर्चायले बताए। दुर्घटनामा दुवै गाडीमा क्षति पुगेको जनाइएको छ।

ठक्कर दिने बोलेरो जीपका चालकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। मन्त्री वीरेन्द्रनगर नगरपालिका –१४ स्थित गढीमा रहेको होटल भ्याली भ्यूमा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सहभागी हुन जाँदै थिए।

प्रकाशित: ६ वैशाख २०७९ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App