१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आवाज सुन्दै डराउँछन् कारागारका बालक

शनिबार दिउँसो आफ्नै सुरमा कारगारभित्र एक बालक खेलिरहेका थिए। भित्र पत्रकार पस्नेबित्तिकै उनी झस्किए। त्यसपछि उनी आत्तिँदै भित्र दुगरे। आमाले पाएको जेल सजाय आफूले पनि भोगिरहेका तीन वर्षीय ती बालक बाहिरी संसारसँग यसै गरी झस्किरहन्छन्।

ज्यान मारेको सजायमा कारागारमा परेकी नरहरिनाथ गाउँपालिका लालुकी २४ वर्षीया आमा नै ती बालकको संसार हुन्। एकपटक अस्पताल लैजाँदा बाटोमा मोटर र मान्छे देखेपछि छोरा अताल्लिएर रोएको उनकी आमाले बताइन्। जेल प्रशासनका अनुसार १५ महिने एक बालिका र तीन वर्षकै अर्का एक बालक पनि आमासँगै कारागारमा छन्।

कानुनमा बालबालिकालाई कसुरै गरे पनि कारागारमा राख्न नपाइने व्यवस्था छ। अझ, कसुरै नगरी कारागारमा राख्न त झनै पाइन्न। यो आफैंमा बालअधिकारको हनन हो। अचम्म त के भने यी नाबालकलाई जेलबाहिर पुनस्र्थापना गर्ने राज्यको कुनै कार्यक्रम छैन। 

प्रकाशित: २९ फाल्गुन २०७८ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App