१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

होटलमा महिलाको शव भेटियो, पुरुष फरार

महिलाको शव भेटिएको होटल।

धरानको एक होटलमा महिलाको शव फेला परेको छ। धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा महिलाको शव भेटिएको हो। दुई दिनदेखि कोठा लिएर महिला र पुरुष बस्दै आएका थिए।

मृत महिलासँगै बसेका पुरुष भने फरार छन्। मृत महिलाको अनुहारमा चोट देखिएकोले उनको हत्या गरेको अनुमान गरिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ। ईलाका प्रहरी कार्यालय धरानका प्रमुख तथा डिएसपी नरेन्द्र कुँवरले मृतकको सनाखतको प्रयास भइरहको र अनुसन्धान शुरु गरिएको बताए।

उनले भने,‘एक महिलाको शव कोठामा भेटिएको छ। उनीसँगै पुरुष बसेको भन्ने छ, अनुसन्धान शुरु गरिसकेका छौ।’ होटल सञ्चालक सुशिल जिमीका अनुसार २ दिनदेखि महिला र पुरुष कोठामा बसेका थिए। आज बिहान कर्मचारी कोठा सफा गर्न गएको बेला कोठा खुला रहेको र भित्र हेर्दा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका उनले बताए। 

प्रकाशित: १७ फाल्गुन २०७८ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App