१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बोनम्यारोमा समस्या भएकी पाल्पाकी महिला काठमाडौंमा अलपत्र

एप्लास्टिक एनिमिया रोगबाट ग्रसित पाल्पा जिल्ला तानसेन नगरपालिका–८ की २३ वर्षीया शर्मिला ठाडाको उपचारमा आर्थिक अभाव भएको छ। आफ्नै शरीरले बोनम्यारोभित्र हुने रगत बनाउने सिस्टम सेलमा समस्या देखिएपछि निजामती कर्मचारी अस्पताल काठमाडौंमा उपचारार्थ पीडित ठाडाको नियमित उपचार र औषधि सेवनमा समेत आर्थिक अभाव भएको हो।

गर्भवती अवस्थामा ज्वरो आइरहने, शरीर फुल्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिएपछि चेकजाँच गर्दा बोनम्यारोमा समस्या देखिएपछि उपचार गराइरहेको अवस्थामा हाल आर्थिक अभावले काठमाडौंमा अलपत्र परेको उनका श्रीमान् विकास ठाडाले बताए। ‘अहिले रगत किन्ने पैसा पनि छैन्,‘ अहिलेसम्म एघार लाखभन्दा बढी सकियो’ खाडाले भने।

उनले बोनम्यारोमा समस्या देखिएपछि नियमित स्वस्थ रगत शरीरमा पठाउनुपर्ने अवस्था भए पनि रगत तथा नियमित औषधिमा सहयोगीको हातको खोजीमा छन्। गर्भवती श्रीमतीमा अचानक समस्या आएपछि अस्पतालमै जन्मिएको छोरा समेत ७ महिनाको पुगेको छ। काठमाडौंमा बसेर श्रीमतीको उपचार गराउँदा खानबस्नको समेत समस्या भएको उनको भनाइ छ। ‘अझै २५ लाखभन्दा बढी खर्च हुन्छ,’ उपचारका लागि थप रकम कहाँबाट जुटाऊँ, विकासले दुःखेसो गरे।

उनले आर्थिक अवस्थाकै कारण श्रीमती जीवन–मरणको संघारमा पुगेको बताउँदै स्वदेश तथा विदेशमा रहेका सबै मनकारीमा सहयोगको याचना गरेका छन्।

यता पीडित शर्मिलाले नियमित उपचारको अभावमा दुखाइ निकै बढेको बताउँदै सबैको साथसहयोग पाए नयाँ जीवन पाउने बताइन्।

‘मेरा छोराछोरीका लागि पनि मैले बाँच्नुपर्छ,’ आर्थिक सहयोग पाए मात्रै मैले नयाँ जीवन पाउँछु’ उनले फोनमा भनिन्। उनले प्रत्यारोपणका लागि सबै तयारी भए पनि आर्थिक अभावले रोकिएको पनि बताइन्। अस्पतालमै जन्मिएको छोरालाई समेत राम्रो रेखदेख गर्न नपाउँदा बिरामी हुने गरेको शर्मिलाको भनाइ छ। एप्लास्टिक एनिमिया भएको समयमै पत्ता लागेकाले समयमै प्रत्यारोपण गरियो भने उमेर अनुसार ६० देखि ९० प्रतिशतलाई निको पार्न सकिन्छ। 

नेपालमा एप्लास्टिक एनिमिया भएका एक सय जनाको प्रत्यारोपण नगरी सामान्य उपचार मात्र गर्ने हो भने ३५ जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ।

बोनम्यारो पीडित शर्मिलालाई उपचारका लागि आर्थिक सहयोग गर्न चाहनेहरूले ग्लोवल आइएई बैंकमा रहेको खातामा सहयोग गर्न तथा थप जानकारीका लागि सम्पर्क नम्बर :९८४०९५३४४९,९८६७९३४५८० मा सम्पर्क गर्न सकिन्छ।

प्रकाशित: २९ माघ २०७८ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App