१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

एटिएफ यु-१२ टेनिसमा भारत पहिलो

शुक्रबार भएकाे एटिएफ यु- १२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा भारत पहिलो भएको छ। नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा भारत ब्वाइज र गल्र्स दुवैमा पहिलो भएको हो।

सातदोबाटोस्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगितामा नेपालले भने यो प्रतियोगिता राम्रो प्रदर्शन गर्न सकेन। पुरुष टोलीले एक मात्र सफलता निकाल्दै सान्त्वना नतिजा प्राप्त गरेको थियो। ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई २-० ले पराजित गर्‍यो।

गर्ल्सको उपाधि भिडन्तमा भारतले श्रीलंकालाई पनि २-० ले नै हरायो।  ब्वाइज-गर्ल्स दुवैमा फाइनल पुग्ने चारै टोली काजकिस्तानमा सेप्टेम्बरमा हुने एटिएफ यु- १२ टिम प्रतियोगिताका लागि छनोट भएका छन्।

शुक्रबारै भएको गर्ल्सको राउन्ड रोबिन लिगमा नेपालले माल्दिभ्सलाई २-१ ले पन्छाउँदै सान्त्वना जित हात पार्‍यो। विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मूल, सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

पाँचदिने प्रतियोगिताको ब्वाइजमा ७ तथा गर्ल्समा ५ राष्ट्र सहभागी थिए। नेपालले यो प्रतियोगिता आयोजना गरेको यो चौथो पटक हो।

प्रकाशित: १२ जेष्ठ २०८१ ०८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App