७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

वन बिरालो मारेको अभियोगमा पाँच युवक पक्राउ

वन बिरालो मारेको अभियोगमा प्रहरीले पाँच जना युवकलाई पक्राउ गरेको छ। रौतहटको गुजरा नगरपालिका जंगलसहिया नजिकबाट ७ वटा ढाडे (वन) बिरालो मारेको अभियोगमा प्रहरीले पाँच युवकलाई पक्राउ गरेको हो।

बुधबार साँझ करिब ६ बजेको समयमा जंगलसैया चोकदेखि पश्चिम बाटोमा रातो झोला बोकेर शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा एउटा टोलीलाई इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाको प्रहरी टोलीले चेकजाँच गर्दा मृत अवस्थामा ७ वटा बनबिरालो बरामद भएको थियो। 

झोलामा मृत अवस्थामा ७ वटा वन बिरालो मृत अवस्थामा फेला परेपछि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिकाका १८ वर्षीय पप्पु बरै, ३५ वर्षीय संजय बरै, १८ वर्षीय अक्षय बरै, १८ वर्षीय सुनील बरै र १८ वर्षी नीरज बरै रहेका छन्।

पक्राउ पर्नेहरुलाई इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाले जंगलसहिया सब डिभिजन वन कार्यालयलाई बुझाएको छ। पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा राखेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी गराएका छन्।  

प्रकाशित: २७ माघ २०७८ १०:४९ बिहीबार

रौतहटको गुजरा नगरपालिका वन बिरालो