१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

फैसलाको पूर्णपाठ दुई सातामै

काठमाडौं– ललितपुर जिल्ला अदालतले मुद्दा फैसला भएको दुई सातामै पूर्णपाठ सेवाग्राहीलाई दिने भएको छ। फैसला भएको लामो समयसम्म पूर्णपाठ नपाउँदा पुनरावेदन जान र फैसला कार्यान्वयनमा समस्या भइरहेको अवस्थामा ललितपुरले १५ दिनमै पूर्णपाठ दिन लागेको हो।समयतालिका लागू गरेर मुद्दा सुनुवाइ गर्दै आए पनि समयमा फैसला नपाउँदा सेवाग्राहीले दुःख पाएको गुनासो बढेपछि दुई सातामै पूर्णपाठ दिने तयारी गरिरहेको न्यायाधीश टेकनारायण कुँवरले बताए। साउनदेखि मंसिरसम्म परीक्षणका रूपमा काम गर्दा दुई सातामै सम्भव हुने देखिपछि यसलाई अभियानकै रूपमा सञ्चालन गर्न लागिएको उनले जानकारी दिए। हाल ललितपुर जिल्ला अदालतमा २१ हजार ४८ थान मुद्दा लगतमा छन्। गत वर्षबाट जिम्मेवारी सरेको ११ सय ४० र यस वर्ष परेका १ हजार ८ मुद्दा फैसलाक्रममा छन्। तीमध्ये १ सय १९ थान मुद्दालाई निरन्तर सुनुवाइ गरी किनारा गरिने सूचीमा राखिएको छ। 
बलत्कार, चोरी, महिला हिंसा, मानव बेचविखनजस्ता गम्भीर प्रकृतिका मुद्दालाई प्राथमिकताका आधारमा सुनुवाइ गर्न अदालतले अलग्गै विभाजन गरेको हो।
अदालतलाई सेवाग्राही र समाजअनुकूल बनाउन अदालतले विभिन्न विशेष कार्यक्रमसमेत सञ्चालन गरेको छ। पूर्वन्यायाधीशसँग अन्तर्क्रिया, ‘जुडिसली आउटरिच' कार्यक्रम, ‘मिट द जज' निरन्तर सुनुवाइ विशेष समिति, सेवाग्राहीसँग प्रत्येक साता अन्तर्क्रिया कार्यक्रम गर्दै आएको न्यायाधीश कुँवरले बताए। ललितपुरले साक्षी संरक्षण गर्नका लागि अलग्गै कक्षसमेत निर्माण गरेको छ। सामूहिक वयानले पीडितलाई थप पीडा दिने भन्दै अलग्गै वयान कक्ष र सिसिटिभीमार्फत साक्षीले वयान दिनसक्ने नयाँ व्यवस्था पनि लागू गरिएको छ। पीडितले आफूलाई पीडा दिने व्यक्तिका सामुन्ने वयान दिन नसक्ने भएकाले अदालतले यस्तो व्यवस्था गरेको प्रवक्ता ज्ञवालीले बताए।

प्रकाशित: २२ माघ २०७१ २१:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App