१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जातिय विभेदविरुद्ध गज्र्याङकोट

जुम्लाको गुठिचौर गाउँपालिका ३ गज्र्याङकोट जातिय विभेद तथा छुवाछुतविरुद्धको अभियानमा होमिएको छ। यहाँका युवाहरुले वडामा कुनै पनि जातिय विभेद हुन नदिने प्रतिबद्धता जाहेर गरेका छन्।

जातीय भेदभाव तथा छुवाछुत सामाजिक कुरीति र सामाजिक अपराध भएकोले सबै मिलेर अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन्। स्थानीय युवा लक्ष्मण सुनारले भने, ‘हामी सबै समान अधिकारका भागेदारी हौँ। हामी हाम्रो घर परिवार र समाजमा हुने जातिय छुवाछुत भेदभावलाई पुर्णरुपमा अन्त्य गर्न चाहन्छौँ।’ उनले जातीय भेदभाव तथा छुवाछुतमुक्त वडा बनाउने अभियानमा सबैको साथ रहेको बताए।  

गुठिचौर गाउँपालिका ३ जातीय भेदभाव विरुद्धको जनचेतनामुलक कार्यक्रम भइरहेका छन्। पहिलो चरणमा मानव जातिको इतिहास, जातिय भेदभावको शुरुवात, छाउपडी प्रथा, स्वास्थ्य र पोषणको बारेमा युवायुवतीलाई अभिमुखिकरण गरिएको हो।  

नेपालको संविधान प्रदत्त अधिकार कार्यन्वयन गर्दै छुवाछुत विरुद्ध बनेका कानुनको पुर्ण रूपमा कार्यन्वयन गर्ने र वडापालिकालाई जातिय विभेद र छुवाछुतमुक्त वडापालिका बनाउन आवश्यक सहयोग र खबरदारीका लागि पूर्ण प्रतिवद्ध रहने संकल्प गरिएको छ।

वडाध्यक्ष प्रेमबहादुर बुढाले जातिय छुवाछुत अन्त्यका लागि अशिक्षा र गरीबीलाई पनि सँगसँगै अन्त्य गर्नुपर्ने बताउँछन्। उनले भने, ‘जातिय विभेद लगायतका सबै प्रकारका छुवाछुत अन्त्य गर्न वडा कार्यालय प्रतिबद्ध छ। यो अभियानमा स्थानीयको भरपुर साथ चाहिन्छ।’

जातिय भेदभाव र छुवाछुत अन्त्य घोषणा गरी वडापालिकालाई नमूना बनाउनेतिर ध्यान केन्द्रीत गर्न सबै युवायुवतीको ध्यानाकर्षण गराए। समाज परिवर्तनका लागि चेतना र शिक्षाको आवश्यकता रहन्छ। जातीय छुवाछुत न्युनीकरणका सबैको हातेमालो हुनुपर्दछ।  यो प्रतिवद्धता अल्पकालीन देखावटी नभई दीर्घकालीन रुपमा चल्ने विश्वास रहेकोमा जोड दिए।

वडा सदस्य तथा दलित समुदायका अगुवा श्रीकृष्ण कामीले नेपालको कानूनले नै जातिय विभेद गरेको पाइएमा दण्डनीय हुने भए पनि व्यवहारमा अझैँ कार्यान्वयन हुन नसकेको बताए।

प्रकाशित: २७ पुस २०७८ १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App