२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काठमाडाैंकाे भिजिबिलिटी १०० मिटरमा झर्‍याेः त्रिभुवन विमानस्थलमा उडान ठप्प

काठमाडाैंमा बाक्लाे हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शीता ह्वात्तै घटेकाे छ। भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन्।

सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन्।

त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयकाअनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसकेकाे हाे। कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाइरहेकाे टर्मिन कार्यालयले जानकारी दिएकाे छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर बाक्लाे हुस्सु र कुहिराे लागेकाे छ । पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रकाे प्रभावका कारण पनि हुस्सु लागेकाे हाे।

प्रकाशित: १६ पुस २०७८ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App