१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

ज्येष्ठ नागरिकलाई कम्बल वितरण

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ का एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति विजय खड्काको पहल, कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि लक्ष्मण खड्काको सहयोग एवं लायन्स क्लब अफ धनगढीको आयोजनामा यहाँका नागरिकलाई चिसोमा न्यानो कम्बल वितरण गरिएको हो।

प्रतिव्यक्ति एउटा कम्बलका दरले ८० जनालाई वितरण गरिएको हो। जाडोको समयमा वितरण गरिएका न्यानो कम्बलले यहाँका एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई राहत पुगेको कांग्रेस वडा सभापति बहादुरसिंह कठायतले जानकारी दिए।

प्रकाशित: १३ पुस २०७८ ०७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App