२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
विचार

नेपाल रिपब्लिक मिडिया लिमिटेड: राष्ट्रिय पत्रकारितादेखि अन्तर्राष्ट्रिय विश्वाससम्मको सशक्त यात्रा

लोकतन्त्र केवल राजनीतिक प्रणाली होइन, यो चेतनाको अभ्याससाथै आधारस्तम्भ हो। स्वतन्त्र, जिम्मेवार र विश्वसनीय सञ्चार माध्यम नेपाल रिपब्लिक मिडिया लिमिटेड यही मूल्य, साहस र उत्तरदायित्वसाथ नेपाली सञ्चार क्षेत्रमा स्थापित एक ऐतिहासिक संस्था हो, जसले राष्ट्रिय सीमाभन्दा बाहिर पनि नेपालको आवाजलाई विश्वसनीय रूपमा प्रतिनिधित्व गर्दै आएको छ।

इतिहास

निजी सोच र सार्वजनिक प्रतिबद्धतासाथ सन् २००८ मा निजी पहलका रूपमा सुरु भएको नेपाल रिपब्लिक मिडिया सन् २००९ देखि औपचारिक रूपमा सञ्चालनमा आयो। स्थापनाकालदेखि नै यसको मूल दर्शन स्पष्ट थियो– पत्रकारिता व्यवसाय मात्र होइन, सार्वजनिक उत्तरदायित्व हो। यस सोचलाई संस्थागत रूप दिँदै सन् २०२१ मा नेपाल रिपब्लिक मिडिया लिमिटेड सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भयो। यससँगै यो नेपालकै पहिलो र हालसम्मकै एक मात्र सार्वजनिक रूपमा सूचीकृत मिडिया कम्पनी बन्न सफल भयो।

आज सार्वजनिक लिमिटेड कम्पनीका रूपमा पाँच वर्ष पूरा गरी पाँचौं वार्षिक साधारण सभा सम्पन्न हुँदै गर्दा नेपाल रिपब्लिक मिडियाले पारदर्शिता, उत्तरदायित्व र जनसहभागितालाई अझ सुदृढ बनाएको छ।

मिसन

सधैं सत्यको साथ रही असत्यसँग सम्झौता नगर्ने पत्रकारिता मिसनमा नेपाल रिपब्लिक मिडिया स्पष्ट र अडिग छ। समृद्ध चेतना, पारदर्शी राष्ट्र र सूचनाको हकमा अडिग नेपाल रिपब्लिक मिडियाको स्पष्ट मिसन छ– तथ्यमा आधारित, निष्पक्ष र निर्भीक पत्रकारिता, नागरिकलाई सूचना मात्र होइन, चेतना र विवेक प्रदानमा योगदान, लोकतन्त्र, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा शक्ति र सत्तालाई प्रश्न गर्ने साहस।

यही मिसनसाथ अग्रयात्रामा निरन्तर लागिरहेको नेपाल रिपब्लिक मिडिया कहिल्यै सत्ता केन्द्रित भएन, बरु सधैं नागरिक केन्द्रित पत्रकारिताको पक्षमा उभियो।

भिजन

पत्रकारिता एउटा भूगोलमा मात्र सीमित हुनुहुँदैन भन्ने धारणामा नेपाल रिपब्लिक मिडिया स्पष्ट छ। त्यसैले यस संस्थाको दृष्टि केवल देशभित्र सीमित छैन। यो संस्था राष्ट्रिय मिडियाबाट अन्तर्राष्ट्रिय विश्वसनीयतासम्म अगाडि बढिसकेको छ। यसको दीर्घकालीन भिजन हो– नेपालको सबैभन्दा विश्वसनीय मिडिया संस्थानका रूपमा स्थापित हुँदै अन्तर्राष्ट्रिय कूटनीतिक, नीतिगत र बौद्धिक वृत्तमा नेपालको आवाज पुर्‍याउने। अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग सहकार्य गर्दै दौडिने एक मात्र नेपाली सञ्चार संस्था बनेको छ नेपाल रिपब्लिक मिडिया। यसै उद्देश्यस्वरूप नेपाल रिपब्लिक मिडिया अन्तर्राष्ट्रिय सञ्चार अभ्याससँग पनि जोडिएको छ।

द न्युयोर्क टाइम्ससँगको सम्बद्धता

अन्तर्राष्ट्रिय विश्वसनीयताको प्रमाणस्वरूप नेपाल रिपब्लिक मिडिया द न्युयोर्क टाइम्सका साथै अरू अन्तर्राष्ट्रिय सञ्चारसँग सहसम्बन्ध स्थापित गर्दै राष्ट्रिय दैनिक प्रकाशन गर्ने संस्थानका रूपमा परिचित छ। यस सम्बद्धताले अन्तर्राष्ट्रिय पत्रकारिता मापदण्डको अभ्यास, विश्वसनीयता र सम्पादकीय अनुशासन एवं कूटनीतिक तथा अन्तर्राष्ट्रिय पाठकबिच विश्वास स्थापित गरेको छ। यसले नेपाली मिडियालाई विश्वस्तरीय पत्रकारितासँग जोड्ने सेतुको भूमिका खेलेको छ।

रिपब्लिका

कूटनीतिक र अन्तर्राष्ट्रिय समुदायको आवाज नेपाल रिपब्लिक मिडियाअन्तर्गत प्रकाशित रिपब्लिका (अंग्रेजी राष्ट्रिय दैनिक) नेपालमा रहेका कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संस्था, विकास साझेदार, विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय नीति निर्मातामाझ सबैभन्दा विश्वसनीय अंग्रेजी समाचार स्रोतका रूपमा स्थापित छ। रिपब्लिका केवल समाचारपत्र होइन, यो नेपाललाई विश्वसँग जोड्ने बौद्धिक कूटनीतिक मञ्च हो।

प्रकाशन र मिडिया प्लेटफर्महरू

नेपाल रिपब्लिक मिडिया लिमिटेडअन्तर्गत नागरिक दैनिक, रिपब्लिका र शुक्रबार छापा पत्रकारिताअन्तर्गत प्रकाशित सञ्चारमाध्यम हुन्। नागरिक दैनिक तथ्यमा आधारित, निष्पक्ष र निर्भीक राष्ट्रिय दैनिक हो। रिपब्लिका अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा स्थापित अंग्रेजी दैनिक हो भने शुक्रबार विचार र समाज केन्द्रित साप्ताहिक हो।

‘नागरिकन्युजडटकम’ र ‘माइरिपब्लिकाडटकम’ डिजिटल युगका सशक्त प्लेटफर्म हुन्। ‘नागरिकन्युजडटकम’ नेपाली भाषामा प्रकाशित डिजिटल सञ्चार माध्यम हो भने ‘माइरिपब्लिकाडटकम’ अंग्रेजी भाषामा प्रकाशित डिजिटल सशक्त सञ्चार माध्यम हो। ‘रेडियो नागरिक’ आवाज सञ्चारको सशक्त माध्यम हो। यी सबै सञ्चार माध्यमले राजनीति, अर्थतन्त्र, महिला, युवा, उद्यमशीलता, समाज र राष्ट्रिय हितका विषयलाई निरन्तर उठाउँदै आएका छन्।

संस्थापक र मूल्यगत पृष्ठभूमि

नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवाली सञ्चार क्षेत्रमा करिब तीन दशकको अनुभवी, दूरदर्शी र मूल्यनिष्ठ मूल्य भएका व्यक्तित्व हुन्। उनको पारिवारिक पृष्ठभूमि उद्यमशीलता, संस्थागत विकास र सार्वजनिक उत्तरदायित्वसँग जोडिएको छ। यसै संस्कारले ज्ञवालीलाई स्वतन्त्र र सत्य पत्रकारिताको मञ्च स्थापना गर्न प्रेरित गर्‍यो।

निष्कर्ष

पाँच वर्षको सार्वजनिक यात्रा, दीर्घकालीन संकल्प आज पाँचौं वार्षिक साधारण सभासम्म आइपुग्दा नेपाल रिपब्लिक मिडिया लिमिटेडले प्रमाणित गरेको छ– मिडिया सधैं पारदर्शी हुनुपर्छ, पत्रकारिता सार्वजनिक उत्तरदायित्व वहन गर्न सक्षम हुनुपर्छ, राष्ट्रिय मिडिया पनि अन्तर्राष्ट्रिय रूपमा विश्वसनीय हुन सक्छ।

नेपाल रिपब्लिक मिडिया केवल समाचार संस्था होइन, यो लोकतन्त्रको चेतना, राष्ट्रको आवाज र विश्वसँग नेपालको संवाद हो।

प्रकाशित: ३० पुस २०८२ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %