बीबीसी फारसी सेवाका अनुसार, इरानमा बसोबास गर्ने मानिसहरूका लागि एलन मस्कको कम्पनी स्टारलिंकले स्याटेलाइट इन्टरनेट सेवा निःशुल्क बनाएको छ।
इरानमा जारी विरोध प्रदर्शनका कारण पछिल्ला केही दिनदेखि देशभर इन्टरनेट सेवा बन्द छ। यस्तो अवस्थामा इरानमा रहेका मानिसहरूका लागि बाहिरी संसारसँग सम्पर्क गर्ने थोरै माध्यमहरूमध्ये स्टारलिंक एक बनेको छ।
एक अनुमान अनुसार, इरानमा कम्तीमा ५० हजार स्टारलिंक रिसिभर छन्, तर तीमध्ये कति सक्रिय छन् भन्ने कुरा स्पष्ट छैन।
इरानमा स्टारलिंकको प्रयोगलाई अपराध घोषित गरिएको छ। पछिल्ला दिनहरूमा इरानी सरकारका एजेन्टहरूले स्टारलिंक रिसिभरका मालिकहरूमाथि कारबाही गरिरहेको रिपोर्टहरू पनि आएका छन्।इरानमा स्टारलिंकको इन्टरनेट प्रयोग गर्न एण्टेना सहितको एक रिसिभिङ डिभाइस आवश्यक पर्छ। एजेन्सी
प्रकाशित: ३० पुस २०८२ ०८:०७ बुधबार





