नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ। बैठक आज बिहान ८ बजे केन्द्रीय कार्यालयमा उपसभापति धनराज गुरुङको सभापतित्वमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
हिजोको बैठकमा विभिन्न विषयमा छलफल सुरु भए पनि पूर्ण रूपमा नसकिएकाले आज पनि बैठक बस्न लागेको हो। उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सात वटै प्रदेशका सभापतिहरूको उपस्थिति रहनेछ।
पार्टीभित्र जारी विशेष महाधिवेशन तथा अन्य समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहनेछ।

प्रकाशित: ३० पुस २०८२ ०७:५१ बुधबार





