२० वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

तराईमा छठको रौनक

लहान- सिरहा-सप्तरीलगायत तराईका जिल्लामा छठ पूजाको तयारी तीब्ररुपमा भइरहेको छ। पोखरी, ताल, नदीमा छठ घाट बनाउने काम भइरहेको छ। बुधबार सौझका अर्घ (अस्ताउँदो सूर्यलाई अर्घ)को दिन ब्रतालुहरु पोखरी, ताल, नदी किनारमा बनाइएको छठ घाटमा अर्घ चढाउँछन्। जसका लागि नदी, खोला, तालको सरसफाई र सजावटको काम भइरहेको छ।

लहान नगरपालिकाको रघुनाथपुर पोखरी र खुट्टी खोला घाटमा अहिले पन्डाल लगाउने, सजावट र सरसफाइ गर्ने काम भइरहेको छठ पूजा समितिका अध्यक्ष भुवनेश्वर महतोले बताए। छठ पूजाका दिन आउने श्रद्धालु, दर्शनार्थी र ब्रतालुका लागि रात्रि बसाइको व्यवस्था र सुरक्षाको ब्यवस्था मिलाउने काम भइरहेको छ। 
स्थानीय रेडियोमा पनि छठको गीतसंगीतले यसक्षेत्रको माहोललाई छठमय बनाइएको छ। छठको घाट निर्माणस्थल (पोखरी, नदी)मा पनि छठकै गीतसंगीत गुञ्जिरहेको छ।
सोमबारबाट विधिवतरुपमा घठ पर्व सुरु हुन्छ। बुधबार सौझका अर्घ (अस्ताउँदो सूर्यलाई अर्घ दिने) र बिहीबार भोरका अर्घ (उदाउँदो सूर्यलाई अर्घ) दिएपछि छठ पर्व विधिवत रुपमा सम्पन्न हुन्छ।

प्रकाशित: ९ कार्तिक २०७१ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App