३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

कर्तव्य ज्यान मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

मोरङको छुट्टाछुट्टै २ स्थानमा भएको घटनामा संलग्न भई फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको उर्लाबारी नगरपालिका–८ का २६ वर्षीय संजोग अधिकारी र सुनसरीको इटहरी नगरपालिका–११ भागलपुरका २२ वर्षीय राजु तामाङलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।  

उर्लाबारी–८ राजघाट चौधरी टोलका १७ वर्षीय अभिषेक चौधरीलाई फुटबल खेल्ने निहुँमा भएको झगडामा धारिलो हतियार प्रहार गरी घाइते भएका थिए। पक्राउ परेका अधिकारीसहितको समूहले चौधरीलाई ०७८ साउन ११ गते दिउँसो १ बजेतिर हतियार प्रहार गरी घाइते बनाएको अनुसन्धानबाट खुलको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।  

घाइते भएका चौधरीको उपचारका क्रममा झापाको बि एण्ड सी अस्पतालमा मृत्यु भएको थियो। घटनामा संलग्न भएका केही यस अघि पक्राउ भइसकेका र केही फरार भएका थिए। फरार भएकाको खोजतलासका क्रममा अधिकारीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।  

त्यस्तै, धनकुटा पाख्रीवास नगरपालिका–४ का २६ वर्षीय रिजन दाहालको हत्या अभियोगमा फरार भएका इटहरीका राजु तामाङलाई पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए। पुरानो झगडाको रिसिवीका कारण ०७८ कात्तिक २८ राति ९ बजेतिर मोरङको बुढीगंगा गाउँपालिका–७ दाहाललाई खुकुरी प्रहार गर्दा घाइते भएका थिए। 

दाहालको उपचारका क्रममा मृत्यु भएको र घटनापछि तामाङ फरार भएका थिए। फरार भएका तामाङलाई खोजतलास गरी पक्राउ गरेर मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाएको डिएसपी श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १० मंसिर २०७८ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App