१६ चैत्र २०८० शुक्रबार
समाज

बैतडीका ग्रामीण सडक अवरुद्ध

ढोल्यामोड-पुचौडीहाट सडकखण्डमा डोजरले पहिरो पन्छाउँदै। तस्बिरः नागरिक

बैतडीका ग्रामीण सडक अवरुद्ध भएका छन्। बेमौसमी वर्षाले बैतडीका ग्रामिण सडकमा सवारी साधन चल्न सकेका छैनन्। सवारी साधन नचल्दा दैनिक उपभा्ग्य समानदेखि आवतजावत गर्न समस्या भएको स्थानीय बताउँछन्।

ग्रामीण सडकमा पहिरो र हिलोको कारण यातायातका साधन चल्न सकेका छैनन। जिल्लामा अधिकांश सडक अवरुद्ध भएका छन् भने कतिपय सडक खण्ड हिलाम्य भएर सवारी गुडाउन सकस भएको छ।

जिल्लाको सुर्नया गाउँपालिकाको सत्तबाँझ–सुर्नया सडक वर्षातले हिलाम्य भएपछि जीप गुडाउनै सकस भएको जीप चालक बिरेन्द्र महराले बताए। ढोल्यामोड–पुर्चौडीहाट, मेलौली–पञ्चेश्वर, छेलाछेला–दुर्गाभवानी सडक दुदिलाखान–गाँजरी सडक, अनारखोली–कैलपाल सडक,सिल्लेगडा–कटौजपानी सडक, ढुंगाड–गर्जे लगायतका सडकहरु अवरुद्ध भएका हुन्।

सडक अवरुद्ध भएपछि अत्यावश्यक सेवा, खाद्यान्न ढुवानी र आवतजावतमा समस्या भएको छ। पहिरो पन्छाएर सञ्चालनमा आएका जिल्लाका कतिपय ग्रामीण सडकमा हिलोले सवारीसाधनमा यात्रा कष्टकर बनेको छ भने अवरुद्ध सडक सञ्चालन नहुँदा स्थानीयबासी समस्यामा परेका छन्।

डोजरले खनिएका ग्रामीण सडक बर्खामा सधै अवरुद्ध हुने गरेका छन्। झन यसपालिकाको बेमौसमी बर्षाले जनजीवन नै प्रभावित बनाएको स्थानीय बताउँछन्। अवरुद्ध सडक सञ्चालनको लागि पहिरो पन्छाउने काम भइरहेको पुर्चौडी नगरपालिकाकी उपप्रमुख जानकी ऐर बमले बताइन्।

प्रकाशित: ९ कार्तिक २०७८ ०४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App