नेप्से परिसूचक सामान्य अंकले बढेको छ । कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ९.२३ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको हो । फ्लोट इण्डेक्स ०.६६ अंकले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंकले घटेको छ।
बिहीबार कारोबार रकममा पनि १५ करोडले बढेको छ । बिहीबार ३३२ स्टकको ९४ हजार १७४ पटकको कारोबारमा ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड ९० लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार ८ अर्ब ९२ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।
बिहीबार एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत र रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९ प्रतिशतले बढेको छ। कालिका पावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ६.२५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको आँखु खोला जलविद्युत कम्पनीको ४० करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। मञ्जुश्री फाइनान्सको करिब ३६ करोड र एसवाई प्यानल नेपालको करिब ३३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।
बिहीबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशतले वृद्धि हुँदा कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१५ प्रतिशतले घटेको छ।
प्रकाशित: ८ माघ २०८२ १५:३३ बिहीबार





