१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँचथर बस दुर्घटनाः मृतक संख्या चार पुग्यो, तीन जनाको मात्र सनाखत

पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु भएकामध्ये तीन जनाको मात्र सनाखत भएको छ।

दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–६ का सात वर्षीय प्रज्ज्वल मगरको फिदिमको पाथीभरा अस्पतालमा, इलामकी ३४ वर्षीया प्रमिला देवानको पाँचथर जिल्ला अस्पतालमा तथा उनका सात महिने छोरा निश्चलको फिदिमस्थित समर्पित अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। समर्पित अस्पतालमै मृत्यु भएका एक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा ६१ यात्रु घाइते भएका छन्।

घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। फिदिम नगरपालिका–४ शिवादोभानबाट झापातर्फ जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा दुर्घटनामा परेको हो।

यो पनि पढ्नुहोस्

पाँचथरमा बस दुर्घटनाः घाइतेमध्ये दुईको मृत्यु

यो पनि पढ्नुहोस्

पाँचथरमा बस दुर्घटनाः ५४ जना घाइते, केहीको अवस्था चिन्ताजनक

प्रकाशित: ८ कार्तिक २०७८ १२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App