८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

पाँचथरमा बस दुर्घटनाः ५४ जना घाइते, केहीको अवस्था चिन्ताजनक

पाँचथरमा बस दुर्घटना हुँदा ५४ यात्रु घाइते भएका छन्। घाइतेमध्ये केही यात्रुको अवस्था चिन्ताजनक रहेको छ। फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारी साधनलाई उछिन्न सडकको डिलबाट अगाडि बढ्दा करिब २० मिटर तल खोँचमा झरेको थियो।

दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएकाले तिनलाई उद्धार गरी पाँचथरजिल्ला अस्पतालसहित समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार गराइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये १० यात्रुको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि झापा पठाउने तयारी भइरहेको छ। दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा दुर्घटनामा परेका हुन्।

कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रु ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए। दुई किलोमिटर दूरी पार नहुँदै बस दुर्घटनामा परेको थियो। रासस

प्रकाशित: ८ कार्तिक २०७८ ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App