७ वैशाख २०८१ शुक्रबार
समाज

पाँचथरमा बस दुर्घटनाः घाइतेमध्ये दुईको मृत्यु

फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ।

उपचारका लागि समर्पित अस्पताल पुर्‍याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो। उनीहरुको सनाखत भने भएको छैन। चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए। दुर्घटनामा अन्य ६२ जना घाइते छन्। घाइतेमध्ये १५ बालबालिका छन्।

घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए। जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई अन्यत्र पठाउने तयारी गरिएको छ। घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन्।

फिदिम–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस बिहान करिब ११ः३० बजे सडकबाट झरेर दुर्घटना भएको थियो। अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा करिब २० मिटर तल झरेको हो। दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएका थिए।

यो पनि पढ्नुहोस्

पाँचथरमा बस दुर्घटनाः ५४ जना घाइते, केहीको अवस्था चिन्ताजनक

प्रकाशित: ८ कार्तिक २०७८ ०९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App