१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

उत्तरी गोरखामा हिमचितुवाले १६ वटा खच्चड मार्‍यो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ चुम्चेतमा हिमचितुवाले १६ वटा खच्चड र एउटा घोडा मारेको छ। चुम्चेतको लेकमा चरनमा लगिएको खच्चडलाई चितुवाले खाएको स्थानीय लोप्साङ लामाले बताए।

बुझिमा लामा, चित्रबहादुर गुरुङ, आङ्दी लामाको १६ वटा खच्चड र घोडा चितुवाले बुधबार यता मारेको हो। लाखौँ रुपैयाँको क्षति भएको र खाद्यान्न ओसार्न प्रयोग गरिने खच्चड नभएपछि आम्दानीको स्रोत गुमेको गुनासो पीडितहरुको छ। लोपोन्मुख प्रजातिमा पर्ने हिमचितुवा उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पाइन्छ।

प्रकाशित: १५ श्रावण २०७८ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App