१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कपिलवस्तुमा एचआइभी एड्सबाट १ वर्षमा ४ जनाको मृत्यु

४ सय ८१ संक्रमित फेला

कपिलवस्तुमा एक वर्षको अवधिमा ४ जना एचआइभी संक्रमितको मृत्यु भएको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा एड्सले २ जना पुुरुष र २ जना महिलाको मृत्यु भएको हो। एआरटि सेन्टरमा सम्पर्कमा नरहेको, औषधि सेवनमा लापरबाही लगातयका कारणले उनीहरुको मृत्यु भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन माहोम्मद ईरफानले बताए। 

गत वर्ष तौलिहवा एआटी सेन्टरमा २४ जना पुरुष र २४ जना महिला संक्रमित थपिएको बताए। जिल्लामा गत आर्थिक वर्षसम्म २४ सय ८१ जना संक्रमित फेला परेका छन्। जसमध्ये तौलिहवा एआरिट सेन्टरमा ४ सय २५ र महाराजगंज एआरटि सेन्टरमा ५६ जना संक्रमित फेला परेको फोलक पर्सन ईरफानले बताए। कपिलवस्तुको तौलिहवामा एड्स हेल्थकेयर फाउन्डेशन नेपालले जिल्ला परियोजना सल्लाहकार बैठकमा क्षेत्रीय कार्यक्रम संयोजक धर्मराज भन्डारीले बिभिन्न स्थानमा ३ हजार ६९ जनाको परीक्षण गर्दा १७ जना नयाँ संक्रमित फेला परेको बताए।

संक्रमितहरुको उपचार, परीक्षण औषधि सबै निःशुल्क छ। तर अझै पनि हेयभाव, भेदभाव र डरले धेरै संक्रमितहरु खुल्न नसेककोले समस्या परेको भट्टराईले बताए। उपचारका लागि तौलिहवा अस्पताल र महाराजगंजमा एआरटि सेन्टर तथा पकडी र गोरुसिंगेमा सव सेन्टर संचालित छन्। सिडीफोर काउन्ट रगत परीक्षण, चाहिने औषधिहरु सेन्टर मै उपलब्ध हुने गरेको तौलिहवा एआरटि सेन्टरकी परामर्शदाता जरिना खातुनले बताईन्। 

‘हामीले यहीबाट सबै सेवाहरु दिने गरेका छौ, उपचारमा आउने कतिपय संक्रमितहरु लामो समयदेखि सम्पर्कविहीन छन् जसले गर्दा उनीहरुको ज्यान जोखिमा परेको छ,’ उनले भनिन्, ‘ फेला परेका संक्रमितहरु समेत उपचारमा लापरबाही गर्दा समस्या आएको छ।’ जिल्ला एड्स समन्वय समितिले जिल्लामा कुल एक हजार छ सय संक्रमितहरु रहेको अनुमान गरेको छन्।

जिल्लाबाट रोजगारीका लागि भारत गएका थुप्रै चलायमान मानिसहरु रहेकोले अनुमानित संख्याभन्दा बढी संक्रमित हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन्। फेला परेका ९० प्रतिशत बढी रोजगारीका लागि भारत गएको बेला असुरक्षित यौन सम्पर्क गरे पछि संक्रमित भएको एएएचएफकी जिल्ला संयोजक अस्मिता शर्माले बताईन्। त्यही संक्रमित श्रीमानबाट आफ्नो श्रीमतीमा रोग सरेको उनले बताईन्। 

आफूहरुमाथि अझै दोस्रो दर्जाको ब्यक्ति जस्तै ब्यवहार हुने भएकोले धेरै संक्रमितहरु खुल्न नचाहेको संक्रमितहरु बताउँछन्। स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले समाजका लुकेर बसेका संक्रमितहरुलाई स्वास्थ्य परीक्षणका लागि सहज स्थिति बनाईएको बताए। ‘अझ पनि थुप्रै संक्रमितहरु लुकेर बसेका छन् यो समस्याको बिषय हो सबै सरोकारवाला यस बिषयमा गंभीर हुनु पर्छ’,  उनले भने। 

सकृय सेवा समाजकी पूर्व टिमलिडर सशीला बेल्बासेले संक्रमितहरुलाई पहालेको भन्दा अहिले उपचार, परामर्श लगातयमा धेरेै सहजता आएको बताईन्। तर पनि अझै धैरे संक्रमितहरु स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहनु चिन्ताको बिषय रहेको उनले बताईन्। जिल्लामा चलायमान समूह ७० हजार, यौनकर्मी चार सय, यौनकर्मी ग्राहक एक हजार सात सय, लागुऔषध प्रयोगकर्ता तीन सय रहेको अनुमान गरिएको छ।

यस्तै भारत बाहेक ३५ हजार बढी तेस्रोमूलक रोजगारीका लागि गएका छन्। जसले गर्दा पनि जिल्लामा संक्रमितहरुको संख्या बढी हुने अनुमान गरिएको छ। बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाल, प्रजिअ चक्रपाणी पाण्डेय, जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेल, कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले एचआइभी संक्रमितहरुका सवालमा सरोकारवालाहरु एकीकृत कार्यक्रम लिएर अघि बढ्नु पर्ने सुझाव दिए।

प्रकाशित: १४ श्रावण २०७८ १५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App