coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

८ हजार ३३७ लाभग्राहीले निजी आवास अनुदान वापत तेश्रो किस्ता बुझे

६ वर्षअघिको भूकम्पका कारण घर बिहिन बनेका खोटाङका ८ हजारभन्दा बढी लाभग्राहीले तेश्रो किस्ता वापतको अनुदान बुझेका छन्। पुनर्निर्माणतर्फ ९ हजार ३१० र प्रवलीकरणतर्फ ९७१ गरी १० हजार २८१ लाभग्राही पहिचान गरिएको जिल्लामा ८ हजार ३३७ (८५.९५ प्रतिशत) लाभग्राहीले निजी आवास अनुदान बापत तेश्रो किस्ता बुझेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालय खोटाङले जनाएको छ।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालयले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा हालसम्ममा पुनर्निर्माणतर्फ ९ हजार ६८ र प्रवलीकरणतर्फ ७८५ गरी ९ हजार ८५३ लाभग्राहीसँग सम्झौता गरिएकामा जिल्लामा हालसम्म पुनर्निर्माणतर्फ ९ हजार ४७ (९१.८१ प्रतिशत) लाभग्राहीले दोश्रो किस्ता बुझेको जानकारी दिइएको छ । यस्तै, पुःननिर्माणतर्फ ९ हजार ६८ घर र प्रवलीकरणतर्फ ७८५ गरी ९ हजार ८५३ (९५.८३ प्रतिशत) लाभग्राहीले पहिलो किस्ता बुझेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार खोटाङका नासु एबं सूचना अधिकारी मणिराम ढकालले जानकारी दिए ।  

२०७२ साल बैसाख १२ गते गएको भूकम्पपछिको पुनर्निर्माणका क्रममा २४२ लाभग्राहीले पहिलो किस्ता, ६५२ लाभग्राहीले दोश्रो किस्ता र ७१० लाभग्राहीले तेश्रो किस्ता लिएका छैनन्। कुल लाभग्राहीमध्ये पुःननिर्माणतर्फ २४२ र प्रवलीकरणतर्फ १८६ लाभग्राहीले हालसम्म सम्झौता नै नगरेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार खोटाङका नासु एवं सूचना अधिकारी ढकालले जानकारी दिए।  

चार जनाले फिर्ता गरे अनुदान  

निजी आवास पुनर्निर्माणकाक्रममा खोटाङमा एकजना लाभग्राहीले पहिलो किस्ता वापतको ५० हजार अनुदान फिर्ता गरेका छन्। यस्तै दोहोरो भुक्तानी लिएका ३ जना लाभग्राहीले १ लाख ५० हजार फिर्ता गरेको छन् । प्राधिकरणका अनुसार डमी खातामा आवास अनुदान जम्मा गरिदिए पनि लामो समयसम्म निकासा नलिएका १५३ लाभग्राहीमध्ये ११५ लाभग्राहीको ६० लाख अनुदान फिर्ता गरिएको छ।  

यस्तै, पुरानो प्रावधान अनुसार प्राधिकरणबाट १७ र हालको प्रावधान अनुसार ५१३ लाभग्राहीलाई प्रवलीकरणबाट पुःननिर्माण लाभग्राहीमा परिवर्तन गरिएको छ । यस्तै, भूमिहिन लाभग्राही ५ जनामध्ये ४ लाभग्राहीलाई जग्गा खरिदका लागि २÷२ लाख प्रदान गरिएको र जोखिम बर्गका ३९ लाभग्राहीमध्ये ३७ लाभग्राहीसँग सम्झौता भइसकेको जनाइएको छ।  

कार्यक्रममा राष्ट्रिय पुःननिर्माण प्राधिकरणको अनुदानमा कालोपत्रेका काम भइरहेको दिक्तेल–खानीडाँडा–आहाले सडकको प्रगतीका विषयमा जानकारी दिइएको छ। थप भएको म्याद गत बैसाख २९ गते सकिएको सडकको हालसम्म ६० प्रतिशत प्रगती भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालय खोटाङका प्रमुख घनश्याम उपाध्ययले बताए। पुनर्निर्माण अन्तरगत हाल जिल्लामा तीन वटा गुम्बा पुःननिर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित: २४ असार २०७८ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App