२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

त्रिभुवन विमानस्थलबाट आज ५६ अन्तर्राष्ट्रिय उडान

जेनजी आन्दोलनका कारण असामान्य परिस्थितिका कारण रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हिजोबाट सुचारु भएको छ। विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु भएका छन्।

अन्तर्राष्ट्रिय उडान सञ्चालन भएपछि आज ५६ अन्तर्राष्ट्रिय उडानको तालिका रहेको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ। ५७ वटा उडान आगमनको तालिका छ भने तीन वटा चार्टर उडान रहेका छन्। विमान सेवा सुचारु भए पछि विमानस्थलमा यात्रुहरूको भिड रहेको छ।

हिमालय एयरलाइन्स, एयर चाइना, कतार एयरवेज, सिचुआन एयरलाइन्स, एयर इन्डिया, नेपाल एयरलाइन्स, बिमान बंगलादेश, थाई एयर एसिया, एयर आवु दुबई, स्पाइस जेट, सिंगापपुर एयरलाइन्स, थाई एयरवेज लगायतका विमान कम्पनीको अन्तर्राष्ट्रिय उडान तथा अवतरण गर्ने तालिका रहेको छ। मध्यान्ह १२:३० बजेसम्म विमानस्थलबाट पाँच वटा अन्तर्राष्ट्रिय उडान प्रस्थान भएका छन्। चार वटा अन्तर्राष्ट्रिय उडान ल्याण्ड भएका छन्।  

श्रीलंका एयरलाइन्सले कोलम्बोबाट यात्रु लिएर आएको छ भने थाई एयरले बैंककबाट यात्रु लिएर आएको छ। नेपाल एयरलाइन्सले साउदी अरवियाको दामन विमानस्थलबाट यात्रु लिएर आएको छ।

रोकिएको हवाई उडान अहिले दिउँसोबाट सेवा सुचारु भएको थियो। विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको थियो। उडान गर्ने यात्रुले आफूले टिकट काटेका हवाई कम्पनीमा सम्पर्क गर्न पनि भनेका छन्। हवाई यात्रा गर्ने यात्रुले आधिकारिक परिचय पत्र र हवाई टिकट लिएर यात्रा गर्न भनेको छ।

वायु सेवा सञ्चालक संघ नेपालले संघका सदस्य वायुसेवा कम्पनीहरुले पनि आफ्ना उडानहरु पूर्ववत् सञ्चालन भएको जनाएका छन्। यात्रुहरुले सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी समयमा नै विमानस्थल पुगि सेवा लिन भनेको छ।

प्रकाशित: २६ भाद्र २०८२ १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App