१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अवैध उत्खनन गरिरहेका आठ एक्जाभेटर प्रहरी नियन्त्रणमा

महिनौँदेखि दिन र रात अवैध उत्खनन गरिरहेका आठ एक्जाभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय सरकारको पूर्ण मेलोमतोमा गत सात महिनादेखि वृन्दावन र गढीमाई नगरपालिकाको क्षेत्रमा पर्ने बागमती नदीमा निर्बाध उत्खनन गरिरहेका आठ एक्जाभेटरसहित सात चालकलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको एक्जाभेटरलाई कारबाहीको लागि जिल्ला समन्वय समिति रौतहटको कार्यालयमा पठाइएको र पक्राउ परेका चालकलाई सार्वजनिक अपराध ऐनअन्तर्गत राखेर कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

रौतहट प्रहरी प्रमुख एसपि सिद्धविक्रम शाहले अवैध रुपमा काम गर्ने कसैलाई पनि नछाडिने चेतावनी दिएका छन् ।

प्रकाशित: २१ जेष्ठ २०७८ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App