३ असार २०८१ सोमबार
image/svg+xml
समाज

सुत्केरी सहज पार्ने खोप

यस्ताे पनि!

सुत्केरी अवधिमा एपिड्युरल खोप लगाउँदा सन्तान जन्माउँदा हुने खतरा ३५ प्रतिशतले घट्ने एउटा अध्ययनमा देखिएको छ। यसले सुत्केरीको मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने देखिएको छ।

एपिड्युरल खोप हो। सुत्केरी अवस्थामा ढाड दुख्ने समस्यालाई यसले सहज बनाउने मात्र नभई मानसिक रूपमा समेत सघाउने देखिएको हो। सुत्केरीलाई यो खोप लगाउँदा हुने फाइदाबारे बढी चर्चा गरिनुपर्ने र यसलाई व्यापक स्तरमा सहज बनाइनुपर्ने चर्चा शोधकर्ताहरूले गरेका छन्।

बेलायतको युनिभर्सिटी अफ ग्लास्गो र युनिभर्सिटी अफ ब्रिस्टोलले सन् २००७ र २०१९ को अवधिमा पाँच लाख ६७ हजार दुईसय १६ जना सुत्केरीमाझ गरेको शोधले सो सम्भावना देखाएको हो।

त्यो बेला तिनलाई सुत्केरी गराउँदा कसैले सिधा योनीमार्फत र कसैले भने सिजरियनमार्फत सन्तान जन्माउने क्रममा एक लाख २५ हजार २४ जनालाई एपिड्युरल खोप दिइएको थियो।

सन्तान जन्माउँदाका बेला विभिन्न किसिमका समस्याहरू सुत्केरीमा देखिने गरेको छ। केहीमा हार्ट अट्याक, एक्लेम्स्यिा, हिस्टरेक्टोमिज जस्ता समस्या देखिन्छ। एपिड्युरल खोप लगाउँदा त्यस्ता समस्या देखिएकाहरूमा ३५ प्रतिशतले खतरा टरेको पाइएको हो। यो उपलब्धिलाई ब्रिटिस मेडिकल जर्नलले प्रकाशन गरेको हो।

एपिड्युरल खोप समयअगावै सुत्केरी भएकाहरूका लागि मात्र नभएर यसअघि देखिएका अस्टेरिक अवस्थाहरू खासगरी चिनीरोग, गर्भपतनजस्ता समस्या लगयातका अन्य समस्याहरूमा अझ बढी प्रभावकारी रहेको बताइएको छ। यस्ता समस्यामा महिलाहरूलाई खोप लगाउँदा मातृत्व स्वास्थ्यमा उल्लेख्य फाइदा पुग्ने देखिएको हो।

 अध्ययनकी प्रमुख ता ग्लास्गो विश्वविद्यालयकी प्राध्यापक रचेल कन्र्स भन्छिन्, ‘सुत्केरीहरू जो कतिपय रोगका शिकार पहिलेदेखि नै छन्, तिनलाई यो खोप दिँदा स्वास्थ्यमा उल्लेख्य सुधार देखिएका कारण यसबारेमा सर्वत्र जानकारी बढाउनुपर्ने देखिन्छ। एपिड्युरलको प्रयोगका बारेमा जनचेतना बढाउँदा मातृत्व स्वास्थ्य सबल हुने देखिन्छ ।’ यसले शिशुको स्वास्थ्य पनि राम्रो हुने उनको दाबी छ।

पछिल्लो समय चिनी रोग तथा मोटोपनको शिकार भएका महिलाहरूमाझ सन्तान जन्माउँदा क्लिष्टता बढ्ने गरेको देखिएको छ।

सन् २००९ देखि २०१८ का बीच बेलायतमा गरिएको अध्ययनले सो खतरा देखिएको हो। खासगरी समयमै सन्तान जन्माउनु भन्दा ढिला बिहे गरी ढिलै सन्तान जन्माउने इच्छाका कारण उनीहरूले आफ्नो मातृत्व स्वास्थ्यमा खेलबाड गरिरहेको अध्येताहरूको बुझाइ छ।

ब्रिस्टोल विश्वविद्यालयकी प्राध्यापक डेबोराह ललोर भन्छिन्, ‘जति ढिला सन्तान जन्मायो, उति धेरै समस्याहरू देखा पर्छन्। त्यसको समाधानका लागि यो खोप एउटा उपाय बन्न सक्ने देखिएको छ। खोपले उनीहरूलाई गम्भीर बिरामी हुनबाट रोक्छ ।’  

प्रकाशित: १३ जेष्ठ २०८१ १०:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App