coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश १ मा ८ सय ६५ संक्रमित थपिए

प्रदेश १ मा बिहीबार  ८ सय ६५ जना संक्रमित थपिएका छन्। २ हजार १ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ८ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको हो।  

मोरङमा ४सय ७, सुनसरीमा १ सय ९४, झापामा ८६, संखुवासभामा ३७, तर्‍हथुममा ३२, धनकुटामा २४, पाँचथरमा २१, ताप्लेजुङमा १८, इलाममा ११, भोजपुरमा ५, उदयपुरमा ४, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरङको विराटनगरमा २सय ९१, सुन्दरहरैचामा ४३, रतुवामाईमा २७, उर्लाबारीमा १५, लेटाङमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३–३, धनपालथान, जहदा, कटहरी, बेलबारी र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, सुनबर्षी, मिक्लाजुङ र केराबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।  

सुनसरीको धरानमा १ सय २१, इटहरीमा ३९, दुहवी, बराहक्षेत्र र  रामधुनीमा ५–५, गढी, इनरुवा र स्थानीय तह नखुलेका ४–४, देवानगञ्ज र बर्जुमा ३–३ र  भोक्राहा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ। झापाको मेचीनगरमा ४०, हल्दिबारीमा १५, दमकमा १४, भद्रपुर र विर्तामोडमा ४–४, अर्जुनधारा र स्थानीय तह नखुलेका २–२, बुद्धशान्ति, गौरीगञ्ज, गौरादह, कनकाई र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

त्यसैगरि संखुवासभाको खाँदबारीमा ३२, चिचिला र स्थानीय तह नखुलेका २–२ र चैनपुरमा १, तेर्‍हथुमको म्याङलुङमा ३०, आठराई र स्थानीय तह नखुलेका १–१, धनकुटाको छथरमा १६, धनकुटा नगरपालिकामा २, महालक्ष्मी, चौवीसे र साँघुरीगढीमा १–१ र स्थानीय तह नखुलेका ३ जानको रिपोर्ट पोजेटिभ आएको छ । पाँचथरको मिक्लाजुङमा १६, तुम्मेवामा ४, फिदिममा १, ताप्लेजुङको फुङलिङमा १४, सिदिङ्वा, मिक्वाखोलामा १–१, स्थानीय तह नखुलेका २,  इलामको इलाम नगरपालिकामा ९, सुर्योदय र चुलाचुलीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।  

भोजपुरको पौवादुङ्मा ३, भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलकामा २, त्रियुगा र स्थानीय तह नखुलेका १–१, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ हजार ९ सय २८ पुगेको छ। संक्रमित भएका मध्ये ३३ हजार ७ सय ४७ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ५१ पुगेको छ।

प्रकाशित: १३ जेष्ठ २०७८ १३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App