२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

रोल्पामा थप ६३ संक्रमित

अस्पतालमा सहयोग आउँदै

रोल्पा अस्पताल । तस्बिरः दिनेश/नागरिक

रोल्पामा पछिल्लो २४ घण्टामा ६३ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा संक्रमितको संख्या ७ सय ६६ पुगेको छ। दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा ११ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढिको समेत मृत्यु भईसकेको छ।  

जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिले सम्म ८२ जनाले कोरोना जितेका छन्। यसैबीच रोल्पा अस्पतालमा अक्सिजन लगायत बिभिन्न स्वास्थ्य सामाग्रीको अभावका खबरहरु बाहिर आए पछि स्थानीय युवाहरुको पहलमा अक्सिजन ल्याउन थालिएपछि नेतृत्व स्तरले पनि सहयोग सुरु गरेको छ।  

रोल्पा कांग्रेस रोल्पाले आईतवार आफ्नो लगानीमा १ सय पिस एन्टिजेन किट अस्पतालसम्म पठाएको छ। रोल्पा कांग्रेस सभापति अमरसिंह पुनका अनुसार राज्यले परीक्षणमा बेवास्ता गरेपछि सरकारको विरोध स्वरुप कांगे्रसले सय पिस एन्टिजेन किट उपलब्ध गराएको हो।  

त्यसैगरि रोल्पाली नेतृ तथा पूर्व जयपुरी घर्तीमगरको पहलमा आईतवार २५ थान अक्सिजन सिसिल्डर र ५ सय थान एन्टिजेन किटसहित महत्वपूर्ण स्वास्थ्य सामग्री रोल्पा आएको छ। अस्पतालका अनुसार यो सहयोगले कोरोना परीक्षणमा सहयोग गर्ने छ।

प्रकाशित: १० जेष्ठ २०७८ १४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App