२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

माओवादी केन्द्रका नेतासहित २ जनामाथि गोली प्रहार

नेकपा (माओवादी ) केन्द्र कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेसहित २ जनामाथि बुधवार राति गोली प्रहार गरिएको छ। अज्ञात समुहले केन्द्रका नेता दिपक पाण्डे र भारतीय नागरिक ईजाज अख्तर मुसलमानमाथि गोली प्रहार गरेका हुन्। 

तौलिहवा– जितपुर सडक अन्तर्गत रामनगर नजिकै रहेको च्याउ फ्याक्ट्रिमा उनीहरुमाथी गोली प्रहार भएको प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले बताए।  निग्हिलवादेखि एउटै मोटरसाईकलमा सवार भई तौलिहवा तिर आईरहेका बेला सोही दिशाबाट मोटरसाईकलमा सवार भई आएका तिन जनाको समुहले गोली प्रहार गरी फरार भएका थिए। 

कपिलवस्तु नगरपालिका– १ तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कोखामाथी पेस्तोलको दुईवटा र  ईजाज अख्तरको बाँया हातको कुममा गोली लागेको छ। घाइते  दुबैको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए। पाण्डेको अवस्था मध्यम रहेको छ। घटनाको अनुसन्धान तथा अभियुक्तहरुको खोजी भईरहेको भण्डारीले बताए। 

प्रकाशित: ६ जेष्ठ २०७८ ०४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App