१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कैलालीमा सक्रिय संक्रमित संख्या ३ हजार नाघ्यो

कैलाली जिल्लामा दोश्रो लहरको कोरोनाको नयाँ भेरियन्टको संक्रमणले बिकराल रुप लिँदै गएको छ। संक्रमणले जटिल प्रकृतीका बिरामीको संख्या र मृत्युदर ह्वात्तै बढेर गएको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा सक्रिय संक्रमितको संख्या ३ हजार नाघेको छ। पिसिआर जाँच गरेका २३ सय ४८ र एन्टिजेन जाँच गरेका ६ सय ९३ गरी ३ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन्। 

सेती प्रादेशिक अस्पताल लगायत धनगढीका निजी अस्पताल समेत संक्रमितले भरिभराउ भएका छन्। होम आइसोलेसनमा बसेका संक्रमित जटिल अवस्था हुँदा अस्पतालमा बेड नपाउने अवस्था बनेको छ भने अक्सिजन अभाव भएर हाहाकार भएको छ।  

अस्पतालमा सबै बेड भरिभराउ भएर कयौ संक्रमितलाई बेड खाली नभएर फर्काउनु परेको छ। अस्पतालमा भर्ना भएका संक्रमितलाई पनि अक्सिजन नपाएर कसरी बचाउने भन्ने समस्या भएको छ’, धनगढी माया मेट्रो अस्पताल प्रा.ली.का अध्यक्ष धिरेन्द्र साउँदले भने,‘अक्सिजनको हाहाकार भएको छ।’ बेड, आईसियु, अक्सिजनसहितको शैया भरिभराउ भएर गंभीर अवस्था भएका संक्रमितका आफन्तलाई बेडका लागि दश ठाउँ फोन गर्नु परेको छ। 

यसैगरि अक्सिजन खोज्न संक्रमितका आफन्त सवैतिर धाउँदा पनि नपाएर निराश हुने गरेका छन्। अक्सिजन नपाएर, आईसियु, भेन्टिलेटर नपाएर संक्रमित छट्पटिरहेका छन्।  

कैलालीमा कोरानाको संक्रमणले अहिले सम्म ९१ जनाको मृत्यु भईसकेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो लहरको कोरोना संक्रमणले ३१ जनाको मृत्यु भएको थियो। वैशाख १२ गते १ जनाको ज्यान गएकोमा त्यसयता कैलालीमा ६० जनाको मृत्यु भएको छ। कैलालीमा दोश्रो लहरको कोराेनाको संक्रमण पछिल्लो दुईसाता यता तीव्र रुपमा बढ्दै गएको छ। 

प्रकाशित: २६ वैशाख २०७८ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App