coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

नेपालमा कोरोनाका १८ जना सक्रिय संक्रमित

चीनसहित विभिन्न राष्ट्रमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सतर्क हुन अपिल गरेको छ। बुस्टर खोप नलिएका र दीर्घरोेगी तथा वृद्धवृद्धालाई सर्तक हुन अपिल गरेको छ।

आठ जिल्लामा अझ पनि सय जना बढी संक्रमित, काठमाडौँमा मात्र ६२४

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सुनसरी, काठमाडौँ, चितवन, भक्तपुर, ललितपुर, कास्की र बागलुङमा एक सयजना बढी सक्रिय संक्रमितको संख्या रहेका छन्।

ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४७

ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४७ मा झरेको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरण अनुसार १ हजार ६ सय ४१ जना संक्रमित भएकोमा १ हजार २ सय ८० जना संक्रमणमुक्त भएका छन्।

रौतहटमा सक्रिय संक्रमितको संख्या साढे सात सय बढी

रौतहटमा कोरोना संक्रमणको निरन्तर विस्तार भइरहेको छ। संक्रमण दर बढी नभए पनि जिल्लामा सक्रिय संक्रमितको संख्या लगातार बढिरहेको छ। बिहीबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या साढे सात सयभन्दा बढी पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

आउँदो चार सातामा संक्रमण घट्दै जान्छ: स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी चार सातापछि कोरोना भाइरसको संक्रमण घट्न सक्ने बताएका छन्।

ताप्लेजुङमा थप १० जनामा कोरोना पुष्टि

गएराती ११ जनाको पोजेटिभ रिर्पोट आएकोमा १० जना नयाँ संक्रमित थपिएका ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिए।

ताप्लेजुङमा सक्रिय संक्रमित संख्या २ सय ३८ पुग्यो

ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३८ पुगेको छ। फुङ्लिङ नगरपालिका क्षेत्रबाट संकलन गरिएको स्वाब मध्ये थप ३५ जनाको रिपोर्ट आउँदा १२ जना संक्रमित थपिएका छन्। याङ्वरकको १९ जनाको परीक्षण रिपोर्टमा ४ जना पोजेटिभ थपिएका छन्।

कैलालीमा सक्रिय संक्रमित संख्या ३ हजार नाघ्यो

कैलाली जिल्लामा दोश्रो लहरको कोरोनाको नयाँ भेरियन्टको संक्रमणले बिकराल रुप लिँदै गएको छ। संक्रमणले जटिल प्रकृतीका बिरामीको संख्या र मृत्युदर ह्वात्तै बढेर गएको छ।

उदयपुरमा सक्रिय संक्रमितको संख्या १ सय ५

बुधबार मात्र २७ नयाँ थपिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ५ जना पुगेको छ। बुधबार १४ महिला र १३ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

कैलालीमा सक्रिय संक्रमित २ हजार बढी (अपडेट)

कैलाली जिल्लामा दोश्रो लहरको कोरोनाको संक्रमण तीव्र रुपमा बढेको छ। संक्रमणले जटिल प्रकृतिका बिरामीको संख्या र मृत्युदर बढ्दै गएको छ। सुदूरपश्चिममा सबैभन्दा बढी संक्रमण दर र मृत्युदर कैलाली जिल्लामा रहेको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा सक्रिय संक्रमितको संख्या २ हजार नाघेको छ।

कैलालीमा सक्रिय संक्रमित १ हजार बढी

कैलाली जिल्लामा कोरोनाको संक्रमणले स्थिती भयावह बन्दै गएको छ । कैलाली जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार शनिबारसम्म कैलालीमा १ हजार ४६ सक्रिय संक्रमित रहेका छन् ।

संक्रमणको नयाँ हटस्पट बन्यो सिरहा

सिरहामा संक्रमितको संख्या ह्वातै बढ्नु र बढ्दै जानुको कारण सीमामा व्यापक ओहोरदोहार, समाजिक भौतिक दूरी कायम हुन नसक्नु, संक्रमित पहिचान तथा व्यवस्थापनमा हेल्चक्रेयाइँ भएको जानकारहरु बताउँछन् ।

४६ प्रतिशत सक्रिय संक्रमित उपत्यकामा

शनिबार सार्वजनिका गरिएको रिपोर्टअनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरका ८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। देशभरिमा १ हजार २ सय ४ जनामा संक्रमण पुष्टि भएकोमा काठमाडौं उपत्यकामा मात्रै करिब ६० प्रतिशत रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्