१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वीपीमा कोरोना संक्रमित वृद्धाको निधन

फाइल तस्बिर

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड–१९ अस्पतालमा कोरोना संक्रमित एक वृद्धाको निधन भएको छ ।  इटहरी २ सुनसरीकी ७८ वर्षीया वृद्धाको उपचारको क्रममा निधन भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

 प्रतिष्ठानमा फागुन अन्तिम सातायता पहिलो पटक संक्रमितको मृत्यु भएको हो । प्रतिष्ठनका सहप्रवक्ता डा.चुडामणी पोख्रेलका अनुसार फागुन २३ पछि प्रतिष्ठानमा कसैको पनि संक्रमणबाट निधन भएको थिएन ।  

आज (बुधबार) दिउँसो १ बजेर ५८ मिनेटमा इटहरीकी वृद्धाको उपचारको क्रममा निधन भएको डा.पोख्रेलले बताए । मृतक उच्च रक्तचापको विरामी थिइन् । उनलाई गत महिना चैत २४ गते कोभिड पुष्टि भएको थियो भने सोही दिन उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित: ८ वैशाख २०७८ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App