आईसीसी विश्वकप लिग-टु अन्तर्गत जारी खेलमा नेपालले सुरुवाती सफलता हात पारेको छ। तीव्र गतिका बलर करण केसीले उत्कृष्ट बलिङ गर्दै खेलको दोस्रो ओभरमै युएईका दुई जना ब्याटरलाई आउट गराएका हुन्।
करणले आफ्नो पहिलो तथा खेलको दोस्रो ओभरको दोस्रो बलमा अडीब उसमानीलाई आउट गराए। सोही ओभरको अन्तिम बलमा उनले मोहम्मद शाहदादलाई पनि पभिलियन फर्काए। खेलको आठ ओभर जारी रहँदा युएईले दुई विकेट गुमाएर ३५ रन बनाएको छ।
यसअघि टस जितेर पहिले बलिङ रोजेको युएईविरुद्ध ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २०० रन बनाएको थियो। युएईले नेपाललाई जित्नका लागि अब २०१ रनको लक्ष्य पछ्याउनुपर्नेछ।
प्रकाशित: १२ वैशाख २०८३ १४:०५ शनिबार




