२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

महिला च्यालेन्ज ट्रफीः भानुआटुले नेपाललाई दियो ९८ रनको लक्ष्य

आइसिसी महिला टि-२० च्यालेन्ज ट्रफीको जारी खेलमा भानुआटुले नेपाललाई ९८ रनको लक्ष्य दिएको छ।

शुक्रबार रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको भानुआटुले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनायो।

भानुआटुको लागि भ्यालेन्टा लाङ्गियातु सर्वाधिक ४२ रन बनाएर आउट भइन्। त्यस्तै, कप्तान रचेल ६ रन बनाएर पेभिलियन फर्किन्।

नेपालको लागि रिया शर्माले सर्वाधिक २ विकेट लिइन्। मनिषा उपाध्याय ,रचना चौधरी र कविता कुवरले  समान १/१ विकेट लिइन्।

कुल ५ टोलीको सहभागीता रहेको प्रतियागितामा नेपाल अमेरिकासँग पराजित हुँदा इटाली र घरेलु टोली रुवान्डामाथि जित हात पारेको छ।

प्रकाशित: ११ वैशाख २०८३ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App