ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका एक प्रतिवादीलाई पक्राउ गरिएको छ।
तनहुँको साविक भिरकोट–६, हाल ऋषिङ गाउँपालिका–४ बस्ने अम्मर सिंह नेपाली वारदातपछि फरार रहेका थिए। उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२४ जुन ६ मा रेड नोटिस जारी गरेको थियो।
रेड नोटिस जारी भएपछि साउदी अरेबियाबाट एयर अरबियाको फ्लायट नम्बर जी९ ५३० नम्बरको उडानमार्फत बुधबार राति १०:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन हुने क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
प्रकाशित: २१ श्रावण २०८३ १३:४३ बिहीबार





