आफूलाई घरवारविहीन बताउनेमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको छ।
थापाथली अव्यवस्थित बस्ती खाली गराउँदा आफूलाई घरवारविहीन बताउनेमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको प्रमको सचिवालयले जनाएको छ।
यस्तै, परिवार भेला नभएका ८ जना दशरथ रङ्गशालामा परिवार नआउञ्जेल बसिरहेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार र आइतबारभित्र काठमाडौं उपत्यकाका नदी किनारमा अवैध ढंगले बनाइएका सबै घरटहरा हटाउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार महानगर र प्रशासनले सक्रियता बढाएका हुन्।
प्रकाशित: १२ वैशाख २०८३ १४:०८ शनिबार


-600x400.jpg)


