९ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, आफन्त आन्दोलित

मोटरसाइकलको ठक्करबाट मृत्यु भएका बालकका आफन्तहरु आन्दोलित भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेट नजिकै मंगलबार वीरेन्द्रनगर–१ धारापानीका तीन वर्षीय समीर नेपालीलाई नम्वर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो। बालकलाई उपचारका लागि नेपालगञ्ज लिँदै गर्दा बाटोमा मृत्यु भएको थियो।

मृतकका आफन्तले ठक्कर दिनेको पहचान र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै बुधबार विहानैदेखि प्रदेश राजधानीका सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। मृतकका बुवा मनोज नेपालीले प्रहरी कार्यालयको गेटमै ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले पहिचान गर्न नसकेकाले दवाव दिनका लागि आन्दोलन सुरु गरिएको बताए।

‘ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक नगर्दासम्म आन्दोलन रोक्दैनौं,’ उनले भने, ‘बिहीबारबाट आन्दोलन थप कडा गछौं।’  

प्रकाशित: ३ मंसिर २०७७ ०८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App