१६ चैत्र २०८० शुक्रबार
समाज

गोरखामा दुई हजार लाभग्राहीले सम्झौता गरेनन्

भूकम्प गएको पाँच वर्ष पूरा भइसकेको छ । भूकम्पको केन्द्रबिन्दु गोरखाका २ हजार ७९ लाभग्राहीले अनुदान सम्झौता नै गरेका छैनन् । निजी अवास पुनः निर्माण गर्न लाभग्राहीले प्रतिघर तीन लाख रूपैयाँ अनुदान दिएको रकम लिन बाँकी ३ प्रतिशत लाभग्राही छन् । ‘पहिचान भएका ६६ हजार ९ सय सात परिवार लाभग्राहीमध्ये ६४ हजार आठ सय २८ घरपरिवारले मात्रै सम्झौता गरेका छन्,’ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली) का प्रमुख रामशरण आचार्यले भने । पालुङटार नगरपालिकामा लाभग्राही कायम भएकामध्ये ८ सय २४ जनाले अनुदान सम्झौता नगरेको प्रमुख आचार्यको भनाइ छ । गण्डकी गाउँपालिकामा ६ सय ९ जना, गोरखा नगरपालिकामा ५ सय ३१ जना, सिरानचोक गाउँपालिकामा ३ सय ४३ जनाको सम्झौता हुन बाँकी रहेको उनले बताए । स्थानीय तहले पटक–पटक अनुदान सम्झौता गर्न अनुरोध गर्दा पनि लाभग्राहीले चासो नदिएको उनी बताउँछन् । चुमनुब्री गाउँपालिकामा तीन सय चार, शहिदलखन गाउँपालिकामा तीन सय तीन, बारपाक सुलिकोट गाउँपालिकामा २ सय १०, धार्चे गाउँपालिकामा १ सय ५१, आरूघाट गाउँपालिकामा एक सय ८९, अजिरकोट गाउँपालिकामा १ सय २२, भिमसेन थापा गाउँपालिकामा एक सय छ लाभग्राहीले अनुदान सम्झौता नगरेको प्रमुख आचार्यले जनाए ।  

प्रकाशित: १२ आश्विन २०७७ ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App