८ वैशाख २०८१ शनिबार
समाज

जीप खोलामा खस्दा २ को मृत्यु, ६ घाईते

ऋषिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। व्यास नगरपालिका–५ चापाघाटबाट आफन्तको निधनमा भेटि लिएर ऋषिङ गाउँपालिकाको खाल्डे तर्फ जाँदै गरेको ग १ ज ७१२८ नम्वरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।  

जीपमा सवार व्यास–५ का ५५ वर्षीय राजकुमार श्रेष्ठ र जीप चालक म्याग्दे गाउँपालिका–७ निवासी  ३२ बर्षिय होमबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए। जीपले च्यापिएका चालकलाई उद्धार गरिएपनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका ट्राफिक प्रमुख रेशम बहादुर रानाभाटले जानकारी दिए। राजकुमारको भने दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए।

कच्ची सडकबाट करीब ७० फिट तल खोलामा  जिप खसेको घटना दुर्घटना स्थल पुगेका ट्राफिक प्रमुख रानाभाटले बताए। जीपमा सबारी बाँकी ६ जना घाईते मध्ये एक जनाको दमौलीका रत्नहरी अस्पतला, एक जनाको समाधान अस्पताल र बाँकी ४  जना घाईतेलाई पोखरामा उपचारको लागि पठाइएको डिएसपी तिमिल्सिनाले बताए।  

 

 

प्रकाशित: २२ भाद्र २०७७ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App