२२ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

रविलाई लागेको सेलुलाइटिस रोग के हो ?

फाइल तस्बिर

त्रिविवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सेलुलाइटिस भएको टिचिङ अस्पतालले जनाएको छ।

अस्पतालले प्रेस विज्ञप्ति जारी गरी उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएको हो। चिकित्सकका अनुसार सेलुलाइटिस भनेको छालाको भित्रि तहसम्म हुने संक्रमण हो। छालाभित्र कीटाणुको संक्रमण हुँदा छाला सुन्निने, रातो हुने, दुख्ने तथा तातो महसुस हुने गर्दछ।

अस्पतालका अनुसार हाल उनलाई संक्रमणको नसाबाट एन्टिवायोटिक दिएर उपचार भइरहेको छ। उनलाई हाडजोर्नी विभाग अन्तर्गत भर्ना गरिएको छ। अन्य स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

लामिछानेलाई जनकपुर कार्यक्रममा जाँदा देब्रे खुट्टामा चोट लागेको थियो। सामाजिक सञ्जालमा भेटिएका तस्बिरहरू भने यो अस्पतालको नभएको अस्पतालले जनाएको छ। लामिछानेलाई थप दुईदेखि चार दिनसम्म उपचार आवश्यक भएको अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाइँले नागरिकलाई जानकारी दिए।

प्रकाशित: १४ माघ २०८२ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App