१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

राजनीति प्रतिशोध होइन, प्रतिपष्पर्धा हो: हिक्मत कार्की

कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव हिक्मत कार्कीले राजनीति भनेको प्रतिशोध नभइ प्रतिष्पर्धा भएको बताएका छन् ।  

दमकमा पत्रकारहरुसँग कुरा गर्दै सचिव कार्कीले झापामा केही उम्मेद्वारहरु प्रतिष्पर्धा नभइ प्रतिशोध साँध्न मात्र आएको बताए । उनले भने, ‘यहाँ केही साथीहरु प्रतिशोध साँध्न झापा ५ आएका छन् । उनीहरु यहाँबाट प्रतिष्पर्धा गर्न सिकेर जानुहुन्छ । एमालेले सिद्धान्तको कुरा गर्छ । एमालेले जनताको कुरा गर्छ । एमालेले प्रतिशोधको राजनीति गर्दैन ।’

एमालेका उम्मेद्वार एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रमा २०४८ सालदेखि नै प्रतिनिधित्व गरेकोले उनको योगदानमा यहाँका मतदाता जानकार रहेको कार्कीको भनाइ छ । ‘केपी ओलीलाई झापा ५ मा सामिप्यता छ  । सम्बन्ध छ । माया छ । प्रेम छ ’ कार्कीले भने, ‘अरु उम्मेद्वारले आफ्नो परिचय दिंदै हिड्नु पर्ने अवस्था छ । त्यसैले पनि यो एमालेका लागि सहज क्षेत्र हो ।’

सचिव कार्कीले केपी ओलीको निर्वाचन क्षेत्र भएकोले यस क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय चासो बढेको बताए । कार्कीले जुनसुकै देशी वा विदेशी निकायलाई पनि यस क्षेत्रमा आएर निर्वाचनको माहोल हेरेर जान आग्रह गरे ।  

अध्यक्ष ओलीले २०४८ सालमा ओलीले चुनाव लड्दा यस क्षेत्रमा धुलौटे बाटो र पेट्रोलमेक्सको उज्यालोमा चुनावी कार्यक्रम हुने गरेकोमा अहिले अधिकांस सडक पिच, सबै क्षेत्रमा बिजुलीबत्ती पुगेको र अन्य पूर्वाधारका थुप्रै काम भइसकेकोले यहाँको जनताको रोजाइमा केपी ओली नै पर्नुहुने बताए । 

प्रकाशित: १४ माघ २०८२ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App