२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

कर्णालीका पाँच जिल्लामा भारी हिमपात

कर्णाली प्रदेशका विभिन्न भेगमा भारी हिमपात भएको छ। मंगलबार रातिदेखि भइरहेको हिमपातका कारण डाँडाकाँडा पूरै सेताम्मे भएका छन्। अधिकांश स्थानमा वर्षा पनि भएको छ। 

त्यहाँका हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा हिमपात भइरहेको हो।

हुम्ला सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ। हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन्। 

प्रकाशित: १४ माघ २०८२ ११:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App