१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुर्खेत कारागारमा झडप हुँदा दुईजना घाइते

जिल्ला कारागार सुर्खेतमा कैदीबन्दीबीच झडप हुँदा दुईजना घाइते भएका छन्। शेरबहादुर महतारा र सुनिल मल्लबीच सामान्य विषयमा विवाद हुँदा झडप भएको हो।

उक्त झडपमा मल्लको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। झगडा छुटाउन गएका अर्का कैदी असिम खत्री पनि सामान्य घाइते भएका छन्। महतारा लागुऔषध र मल्ल जवरजस्ती करणी मुद्दामा कैद भुक्तानी गरिरहेका छन्।  

अहिले कारागारको स्थित सामान्य रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।

प्रकाशित: १७ भाद्र २०७७ ११:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App