अर्घाखाँचीको शितगगांमा सर्पको टोकाईबाट एक जनाको ज्यान गएको छ। शितगंगा नगरपालिका वडा नम्बर–५ जुकेनामा सर्पले डस्दा ३५ वर्षीय यम बहादुर बेल्बासेको मृत्यु भएको वडा अध्यक्ष कमल पौडेलले जानकारी दिए।
शनिबार राति सर्पले डसेका बेल्बासेलाई भौगोलिक विकटता र सवारीको पहुँच नहुँदा आज बिहान मात्रै उपचारका लागि गोरुसिंगेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो।
बिरामीको अवस्था गम्भीर भएपपछि सर्पदंश उपचार केन्द्र गोरुसिंगेले प्रादेशिक अस्पताल बुटबल रिफर गरेको थियो। थप उपचारका लागि बुटबल लैजादंै गर्दा बेल्बासेको बाटोमै मृत्यु भएको हो। एक्लो बस्ती भएका कारण विषको असर शरीरमा देखिएपछि मात्र बेल्बासेलाई अस्पताल लैजाने सुर गरिएको थियो।
प्रकाशित: १४ भाद्र २०७७ ०९:२९ आइतबार





