१७ माघ २०८२ शनिबार
image/svg+xml
समाज

धरानमा कोरोना संक्रमित एकै परिवारका दुई जनाको मृत्यु

धरानमा कोरोना संक्रमित एकै परिवारका दुई जनाको आज बिहान मृत्यु भएको छ। धरान १७ रेल्वेका ७४ वर्षीया महिला र ६० वर्षीय पुरुषको मृत्यु भएको हो। दुवैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा करिब ४५ मिनेटको अन्तरालमा निधन भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। योसँगै धरानमा कोरोना संक्रमित मृतकको संख्या ५ पुगेको छ।  

वृद्धाको आज बिहान साढे ८ बजे मृत्यु भएको हो। उनलाई हिजो राती ८ बजेर ३७ मिनेटमा प्रतिष्ठानमा भर्ना गरिएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए। उनई हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो। मृतक वृद्धालाई मधुमेह, उच्च रक्तचापको पनि समस्या थियो। उनलाई एक सातादेखि अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको थियो।

यसैगरि, वृद्धाका छोराको पनि आज बिहान ७ बजेर ४५ मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ। उनलाई पनि हिजो राती नै प्रतिष्ठानमा भर्ना गरिएको थियो। उनको पनि पिसिआर रिपोर्ट हिजो पोजेटिभ आएको थियो। मृतकलाई मधुमेहको समस्या भएको र २ महिनादेखि कलेजको पनि समस्या देखिएको थियो। उनलाई पनि १० दिनदेखि अत्यधिक खोकी, ज्वरो र श्वास फेर्न समस्या भएको थियो।  

वडा नं १७ का अध्यक्ष मनोज भट्टराईका अनुसार लक्षण देखिए पछि जाँच गराउन सुझाव दिइए पनि घरमा नै बसेका थिए। गाह्रो भए पनि हिजो अस्पताल लगिएको उनले बताए। अहिले मृतकको घरका परिवारसहित कन्ट्याक ट्रेसिंग गरेर स्वाब संकलन गर्ने कार्य भइरहेको उनले बताए।

 

प्रकाशित: १४ भाद्र २०७७ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App