coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश २ मा एकैदिन ५ को मत्यु

प्रदेश २ मा शुक्रबार एकैदिन काेराेनाबाट ५ जनाकाे मृत्यु भएकाे छ । साथै ७९ जना संक्रमित थपिएका छन् । सबैभन्दा बढी महोत्तरीका तीन जना, बाराका एक जना  र लहानका एक जनाको गरी पाँच जनाको मृत्यु भएको छ ।  

बाराको सिमरा उप महानगरपालिका–२ का ७७ वर्षीय पुरुष, महोत्तरी मनरा सिसवा नगरपालिका–४ का ३७ वर्षीय पुरुष, सोही नगरपालिका ५ का ७४ वर्षीय पुरुष, मंगहा नगरपालिका २ सिंयाहीका ६० वर्षीय पुरुष र लहान नगरपालिका ९ की ६५ वर्षीया महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पर्सामा ३०, वारामा १३, रौतहटमा ३, सर्लाहीमा ३, महोत्तरीमा ६, धनुषामा १२, सिरहामा ५ र सप्तरीमा ५ गरी ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  

पर्सामा १ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २ हजार ८४ पुगेको छ ।  बारामा ५ जना थपिएसँगै संक्रमितको संख्या ७ सय ९१ पुगेको छ । रौतहटमा २० जना थपिएसँगै संक्रमितको संख्या १ हजार ६ सय २९ पुगेको छ । सर्लाहीमा १३ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ३ सय ६७ पुगेको छ । महोत्तरीमा १३ जना थपिएसँगै संक्रमितको संख्या १ हजार १ सय ७४ पुगेको छ । धनुषामा १९ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ३ सय ९८ पुगेको छ । सिरहामा २ जना थपिएसँगै संक्रमितको संख्या ३ सय ९६ पुगेको छ । सप्तरीमा ६ जना थपिएसँगै संक्रमितको संख्या ७ सय ८५ पुगेको छ । यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५ पुगेको छ ।

शुक्रबार यस प्रदेशबाट १ सय ५२ जना निको भएर फर्किएका छन । निको भएर घर फर्किएको कूल संख्या ४ हजार ६ सय ४८ पुगेको छ ।

प्रकाशित: १२ भाद्र २०७७ १३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App